Friday March 29, 2024 | |

पारस शाह र सोनिका रोकाया पोखरामा ३ दिन....

featured-news

काठमाडौं / विभिन्न युवतीसँग नाम जोडिएर पटक पटक विवादमा आइरहने पूर्व युवराज पारस शाहको नाम यस पटक युट्युवर तथा मोडल सोनिका रोकायासँग जोडिएको छ ।

दरवारमार्गस्थित सोनिकको लगानी रहेको लिक्विड लाउन्जमा बाक्लै रुपमा देखिने गरेका पारस पछिल्लो समय पोखरामा सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुँकिएको भिडियो टिकटकमा भाइरल भएको छ ।

यति मात्रै नभएर सोनिकाले बनाएको टिकटकमा मुसुक्क हाँसेर साइड लाग्ने अधवैँसे उनै पारस हुन् । अनि टिकटक खिचिएको दृश्य पोखराको कुनै होटलको भएको बताइएको छ । शाहज्यादा, युवराज हुँदै पूर्वयुवराज बनिसक्दा पनि आफ्नै व्यवहारका कारण पारस पटकपटक विवादमा आइरहेका छन् । कहिले प्रहरीलाई कुटेर त कहिले ट्राफिक नियम तोडेकामा गाडी रोक्न खोज्ने ट्राफिक प्रहरीलाई नै किच्न खोज्ने उनको उग्र व्यवहार देखिइनै रहेको छ ।

सुरा र सुन्दरी पनि छुटेको छैन उनको विवादमा । चार वर्ष थाइल्याण्ड बसाईमा उतैकी युवती कनिका चाइसानसँगको प्रेम सम्बन्ध सार्वजनिक भएको थियो । कन्निकाले पारस आफ्ना श्रीमान भएको र उनको तर्फबाट एकजना सन्तानसमेत रहेको भन्दै एक बालकको तस्बिरसमेत सार्वजनिक गरेकी थिइन् । श्रीमती हिमानी शाहसँग उनको ठाकठुक त पुरानै हो।कानुनी रुपमा यी दुबै श्रीमान श्रीमती भए पनि सँगै बस्दैनन् ।

हिमानी निर्मल निवासमा बस्छिन् । पारसलाई निर्मल निवासमा प्रवेश अनुमति छैन । मोडल सोनिकाले अफेयर नभए पनि आफू पारससँग निकट भएको बताएको खबर  शुक्रबार साप्ताहिकमा मनोज घर्तीमगर र रीना मोक्तानले लेखेकी छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार