Friday March 29, 2024 | |

अक्षय कुमारसँग बलिउडमा डेब्यू गर्दै पूर्व मिस वर्ल्ड मानुषी छिल्लर

featured-news

मिस वर्ल्ड, २०१७ मानुषी छिल्लर लामो समयदेखि बलिउड फिल्मको प्रतिक्षा गरिरहेकी थिइन् । अहिले खबरहरुका अनुसार मानुषी छिट्टै नै बलिउडमा डेब्यू गर्ने भएकी छिन् ।

मानुषी छिल्लर अभिनेता अक्षय कुमारका साथ बलिउड करिएर सुरु गर्नेछिन् । छिल्लर पृथ्वीराज चौहानको बायोपिकमार्फत चलचित्रमा आउने बताइएकाे छ । चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बन्ने पृथ्वीराज चौहानको बायोपिकको निर्माण यशराज फिल्म्सले गर्नेछ । यस फिल्ममा मानुषीको प्रमुख भूमिका रहनेछ । 

भारतीय सिनेमामा पिरियड ड्रामामा आधारित फिल्म बन्ने सिलसिला धेरै पुरानो हो । दर्शकहरु पनि इतिहासमा आधारित फिल्म निकै रुचाउँछन् । यही कारण यशराज ब्यानर हिन्दू सम्राट पृथ्वीराज चौहानको कहानीलाई पर्दामा देखाउनको लागि तयारी गरिरहेको छ । यो फिल्म बिग बजेटको लगानीमा बन्नेछ ।

यशराज फिल्म्स र ‘चाणक्य’ र ‘पिजरा’ जस्ता टेलिसिरीयल बनाइसकेका निर्देशक प्रकाशचन्द्र द्विवेदी मिलेर यो फिल्म बनाउनेछन् । खबरहरुका अनुसार मानुषी छिल्लर यस फिल्ममा राजकुमारी संयुक्ताको भूमिका निर्वाह गर्नेछिन् । यतिबेला मानुषी डान्स र अभिनयको कार्यशालामा व्यस्त छिन् । 

पृथ्वीराज चौहान भारतको अजमेरका राजा सोमेश्वरका छोरा हुन । उनले १३ वर्षको उमेरदेखि  अजमेरको राजगढ सम्हालेका थिए । पृथ्वीराजले एक पटक हतियारबिना नै एक्लै एक सिंह मारेका थिए । भारतमा राजा पृथ्वीराज चौहान एक योद्धा राजाको रुप परिचित छन् ।

यस्तै पृथ्वीराज चौहान उनका कट्टर दुश्मन जयचन्दकी छोरी संयुक्तासँगको प्रेम कहानी पनि निकै चर्चित छ । संयुक्ताको स्वयम्बरकै दिन पृथ्वीराज चौहानले उनलाई मण्डपबाट आफ्नो साथमा लिएर गएका थिए ।

फिल्ममा मानुषी छिल्लरले पृथ्वीराज चौहानकी प्रेमिकाको भूमिका निर्वाह गर्नेछिन् । यस बायोपिकमा अभिनेता अक्षय कुमार र मानुषी छिल्लर बाहेर अन्य पात्रको टुंगो भने लागिसकेको छैन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार