Thursday April 25, 2024 | |

झापा कोल्डकपको दोस्रो संस्करण माघमा

featured-news

१३ पौष, काठमाडौँ । झापामा झापा कोल्डकपको दोस्रो संस्करणस्वरुप झापा गोल्डकप २०७३ सञ्चालन हुने भएको छ । राजधानी बाहिर सर्वाधिक पुरस्कार राशि भएको झापा गोल्डकप २०७३ को दोस्रो संस्करण माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकरी दिइयो । नेपालका ‘ए’ डिभिजन खेल्ने सातवटा र विदेशी तीनवटा टिमले प्रतियोगितामा सहभागिता जनाउने पत्रकार सम्मेलनमा मूलआयोजक समितिका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा नौवटा खेल सञ्चालन हुनेछन् ।

रमपम झापा ११ फुटबल क्लबको आयोजनामा विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिने बताइएको छ । प्रतियोगिताका विजयी टिमले नगद रु सात लाख र उपविजेताले रु तीन लाख ५० सहित ट्रफी र प्रमाणपत्र हात पार्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिता सम्पन्न गर्न रु ७५ लाख खर्च लाग्ने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न खेलप्रेमी रहेको १११ सदस्यीय मूलआयोजक समिति गठन गरिएको छ, भने विभिन्न राजनीतिक दलका नेतृत्व एवम् सामाजिक व्यक्तित्व सम्मिलित ५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको सहसंयोजक बलराम कार्कीले बताउनुभयो । पत्रकार सम्मेलनमा झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, खेल मूलआयोजक समितिका महासचिव केशव दाहाल, कोषाध्यक्ष केदार गिरीले प्रतियोगिताका बारेमा सञ्चारकर्मीले सोधेको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार