Saturday April 27, 2024 | |

यौन सम्पर्कका बारेमा हरेक दम्पतीले जान्नैपर्ने कुरा

featured-news

यौन चरमानन्दको अनुभूत गर्ने माध्याम हो । यो एउटा सुखद अनुभव हो । यौनको प्रसंगमा हामी लजाउने गर्छौं । यौनलाई छाडा भन्छौं । जबकी यो प्राकृतिक कुरा हो । र, सृष्टिलाई चलायमान राख्नका लागि यौन अपरिहार्य हुन्छ ।

यौनमा चरम सन्तुष्ट छ । यो दाम्पत्य सुखको एक तत्व हो । दम्पतीबीचको सम्बन्ध सुमधुर राख्नका लागि यौनले भूमिका खेल्छ । के पनि भनिन्छ भने, सक्रिय यौन जीवनले दम्पतीको सम्बन्धमा मात्र निकटता ल्याउने होइन, स्वास्थ्य लाभ पनि मिल्छ । तर, यौनको पनि आफ्नै मान्यता छ । परिधि छ । नियम छ ।

यौन सम्पर्क कहिले गर्ने, कुन समयमा गर्ने, कहाँ गर्ने, कुन स्थितीमा गर्ने भन्ने कुरा तय गरिएको छ । यस्ता कुरालाई ध्यानमा राखेर यौन क्रिया गर्दा चरम आनन्द प्राप्त हुन्छ भनिन्छ । साथै स्वास्थ्यलाई पनि लाभ मिल्छ ।

यौन हरेक व्यक्तिको आवश्यक्ता हो र सुखद अनुभूति पनि । त्यसैले यौन सम्पर्क राम्रो भावनाले गर्नु जरुरी छ । आनन्ददायक यौन सम्पर्कका लागि पार्टनरसँग समर्पणका साथसाथै सहयोग र सहमति पनि जरुरी छ । यदि पार्टनरलाई यौनमा रुची छैन भने जबरजस्ती गर्नु गलत हो । यौन सम्पर्कलाई लिएर दम्पतीबीच विभिन्न खालका प्रश्नहरु उठ्ने गरेका छन् । जुन प्रश्नहरुको उत्तर खोजिएको छ ।

कुन परिस्थितीमा यौन सम्पर्क गर्नबाट बच्नुपर्छ र किन ? 
धेरैजसो दम्पती यस सम्बन्धमा त्यती जानकार हुँदैनन् । कहिले यौन सम्पर्क राख्ने र कहिले नराख्ने ? यस्ता कुरामा बेखबर रहेर यौन सम्पर्क गर्दा त्यसबाट जुन आनन्द पाउनुपर्ने हो, त्यो पाइदैन । साथै त्यसको असर स्वास्थ्यमा पनि पर्छ । त्यसैले सम्भवत भएसम्म शारीरिक वा मानसिक अस्वस्थ्य भएको बेला यौन सम्पर्क राख्नु उचित मानिदैन ।

शारीरिक समस्याको बेला किन यौन सम्पर्क गर्नु हुँदैन ? 
शारीरिक तथा मानसिक अवस्था राम्रो नभएको बेला यौन सम्पर्क गर्नु बेकार हुन्छ । मुटुको समस्या झेलिरहेको अवस्थामा आरमको जरुरी हुन्छ । यस्तो अवस्थामा यौन क्रियाले मुटुमा समस्या ल्याउन सक्छ ।

मानसिक अस्वस्थ्यताको बेला किन यौन सम्पर्क गर्नु हुँदैन ?
यौन सम्पर्क शारीरिक क्रिया हो । तर, यसमा मानसिक उपस्थिति पनि उत्तिकै जरुरी हुन्छ । मानसिक तनावको अवस्थामा वा कुनै मानसिक समस्या छ भने त्यस्तो बेला यौन सम्पर्कबाट आनन्द लिन सकिदैन । डिप्रेसन, तनाव जस्ता कुनैपनि समस्यामा यौनको रुची नै जाग्दैन । जब यौनमा रुची छैन भने जबरजस्ती यौन क्रिया गर्नुको अर्थ हुँदैन ।

कहिले काहिँ इन्टरकोर्सको समयमा पार्टनरलाई दुख अनुभव भएमा सेक्स गर्नुहुन्छ ?
जब इन्टरकोर्सको समय पार्टनरलाई दुखाई अनुभव हुन्छ भने, सम्झनुहोस् त्यो खतराको घण्टी हो । यस्तोमा यौन सम्पर्क गर्नु खतरालाई निम्त्याउनु हो । त्यसैले इन्टरकोर्सको समयमा पार्टनरलाई खासगरी पत्नीलाई कुनै दुख, पीडा भयो भने त्यस्तो अवस्थामा चिकित्सककहाँ जानुपर्छ ।

गर्भावस्थामा यौन सम्पर्क गर्नु हुन्छ ?
गर्भावस्थामा यौन सम्पर्क राख्नु हुन्छ कि हुँदैन भनेर धेरैजसो दम्पती अलमलमा हुन्छन् । विशेषज्ञका अनुसार गर्भावस्थाको छैठौं हप्तादेखि १२ औं हप्तासम्म यौन सम्पर्क गर्न हुँदैन । किनभने यस क्रममा गर्भपातको समस्या हुन्छ । साथै गर्भधारणको अन्तिम दुई महिनामा पनि यौन सम्पर्क गर्नु खतरनाक हुन्छ । गर्भधारणको चौथो र सातौ महिनामा यौन सम्पर्क गर्न सकिन्छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार