Thursday April 25, 2024 | |

नवलपरासीमा जंगली च्याउ खाँदा ७ जना बिरामी

featured-news

नवलपरासी- पूर्वी नवलपरासीमा शनिबार राति जंगली च्याउ खाँदा एकै ७ जना बिरामी परेका छन् ।

उनीहरु मध्ये ३ जनाको अवस्था सामान्य रहेकोले उपचार पछि घर फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादु खाँणका अनुसार विनयी त्रिवेणी गाउँपालिका-४ सानो सिद्रे निवासी १८ वर्षीय पुरुषोत्तम भण्डारी, २३ वर्षीय सुनिता भण्डारी, ११ वर्षीया पुनम भण्डारी र १४ वर्षीय पविन रिजाल गम्भीर बिरामी छन् ।

बिरामी परेकाहरु एकै परिवारको रहेको विनयी त्रिवेणी-४ का वडाध्यक्ष गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

गम्भीर बिरामी भएकालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको छ ।

प्रहरीका अनुसार उनीहरुको अवस्था गम्भीर रहेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार