Thursday April 25, 2024 | |

यू–१९ एसिया कपमा नेपालको पहिलो खेल भारतसँग

featured-news

काठमाडौं । बंगलादेशमा आगामी असोजमा सुरु हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

एशियन क्रिकेट काउन्सिलले शनिबार सार्वजनिक गरेको खेल तालिकामा नेपाल समूह ए मा परेको छ । भारत, अफगानिस्तान र यूएई रहेको समुहमा परेको नेपालले पहिलो खेल आगामी असोज १३ गते भारतसँग खेल्नेछ ।

दोस्रो खेल असोज १५ गते अफगानिस्तानसँग हुनेछ । यस्तै असोज १६ गते समुहको अन्तिम खेलमा नेपालले यूएईको सामना गर्नेछ ।

यसअघि मलेशियामा सम्पन्न अघिल्लो संस्करणमा नेपालले भारतलाई पराजित गरेको थियो । इतिहासमा पहिलो पटक भारतलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको नेपाल अफगानस्तानसँग ७ विकेटले पराजित भएको थियो । ८ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘बी’ मा आयोजक बंगलादेश, हङकङ, पाकिस्तान र श्रीलंका छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार