Friday April 19, 2024 | |

नेपाल पुलिस क्लबले उचाल्याे प्रधानमन्त्री कपकाे उपाधि

featured-news

काठमाण्डौ – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई चार विकेटले हराउँदै पुलिस क्लबले उपाधि उचालेकाे हाे ।

कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आर्मीले ३३ दशमलव ३ बलमा १ सय २५ रनमात्र बनाउन सक्यो । आर्मीका लागि राजु रिजालले ३२ र सोमपाल कामीले ३५ रन बनाउनु बाहेक अन्य खेलाडी राम्रो प्रदर्शन गर्न सकेनन् । रोहित पौडेल १८ र भिम सार्की २० रन बनाएर पेभेलियन फर्किए । 

पुलिसका पवन सरार्फ र ललितनारायण राजवंशीको कसिलो बलिङ अघि आर्मीका ब्याट्सम्यान घुँडा टेक्न वाध्य भए । पवनले ७ ओभरमा ४ मेडन राख्दै १२ रन खर्चेर ४ विकेट लिए । ललितले ९ दशमलव ३ ओभर बलिङ गर्दै १ मेडनसहित ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले पनि १ विकेट हात पारे ।

जवाफमा पुलिसले ४० दशलमव ३ बलमा बलमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्यायो । सुरुवात राम्रो गर्न नसकेको पुलिसले दुई रनमा पहिलो विकेट गुमाउँदा ५४ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि ७५ रनमा तेस्रो तथा ७६ रनमा चौथो विकेट गुमायो । 

पुलिसका अनिल शाह मात्र दुई रनमा आउट हुँदा अमित श्रेष्ठले ४४ रनकोे योगदान गरे । अमीत र सुनील धमलाबीच दोस्रो विकेटका लागि ५२ रनको साझेदारी भएको थियो । तर त्यसपछि आरिफ शेख ६, पवन सराफ १ र दिपेन्द्र सिंह ऐरी ७ रनमा आउट हुन पुगे ।

त्यसपछि फेरी कुशल भुर्तेललाई ६ रनमा गुमाएपछि पुलिसले छैटौ विकेट गुमायो । पुलिसका लागि सुनील धमलाले अविजित ४२ रन बनाए । अन्तिममा मञ्जित श्रेष्ठले ११ रन जोडे । 

आर्मीका लागि बलिङतर्फ करण केसीले तीन तथा साहब आलमले दुई विकेट लिए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार