Wednesday April 24, 2024 | |

हुरीले आधार शिविर झरेका आरोही सगरमाथा चढ्न फेरि उकालो लागे

featured-news

काठमाण्डाै - मौसममा सुधार आएपछि सगरमाथा आधार शिविरमा झरेका आरोहीहरु गए रातिदेखि दोस्राे र तेस्राे शिविरतर्फ उकालो लागेका छन् ।

भारतमा आएको फणी नामको चक्रवातको प्रभावले हावाहुरी र हिमपात परेपछि सगरमाथाको दोस्राे र तेस्राे शिविरमा रहेका आरोहीहरु शुक्रबार राति र शनिबार आधार शिविर झरेका थिए ।

फणीकाे प्रभाव सकिएको र मौसममा सुधार आएकोले केही आरोही र सहयोगीहरु गएराति नै आधार शिविरबाट उकालो लागेको तथा केही आरोही आज राति उकालो लाग्ने तयारीमा रहेको आधार शिविरमा रहेका आरोही विजय घिमिरेले जानकारी दिनुभयो ।

शुक्रबार आएकाे हावाहुरीले दोस्राे र तेस्राे शिविरमा रहेका झण्डै एक सयवटा पाल उडाइदिएको थियो । यो वसन्त ऋतुमा ३ सय ७८ आरोहीहरूले सगरमाथा चढ्ने अनुमति लिएकाे पर्यटन विभागले जनाएको छ ।

नुप्से, ल्हाेत्से र पुमोरी हिमाल आरोहीहरू समेत सगरमाथा आधार शिविरमै रहने भएकोले अहिले झण्डै पाँच सय आरोहीहरू र तीनका सहयोगीहरू समेत गरेर त्यहाँ झण्डै २ हजार जति मानिसहरू छन् ।

यो ऋतुका लागि सगरमाथाको साउथकोलसम्मको बाटो बनाईसकिएको छ भने अबको १० दिनमा सगरमाथा शिखिरसम्मको बाटो तयार हुने सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार