Friday March 29, 2024 | |

चलचित्र जुधाइँदा असर कलाकारलार्इ

featured-news

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय बीग बजेटका चलचित्रको रोचक भिडन्त हुन थालेको छ । एकपछि अर्को गरी एकै मितिमा बीग बजेटका चलचित्र प्रदर्शनमा ल्याइँदा त्यसको असर निर्माता तथा निर्देशकलाई मात्र परेको छैन, प्रत्यक्ष मारमा चलचित्रका कलाकार परेका छन् । 
त्यसो त चलचित्र चलोस् नचलोस् कलाकारले बुझ्ने पारिश्रमकि हो बुझिहाल्छन् । यसअर्थमा कलाकारलाई चलचित्र चल्नु र नचल्नुमा कुनै अर्थ रहँदैन भन्न मिल्दैन । किनकी त्यसको तत्काल असर नपरेपछि कालान्तरमा धक्का अवश्य पर्छ । उनीहरु बिक्न नै नसक्ने अवस्थामा पनि पुग्न सक्छन् । एक–दुई वटा चलचित्र फ्लप भएसँगै उसको करियरमा समेत ठूलो धक्का लाग्ने कुरालाई निर्माता निर्देशकले बुझ्नु जरुरी छ । एकै मितिमा धेरै चलचित्र प्रदर्शनमा ल्याइनु नराम्रो कुरा होइन । तर, घाटी हेरी हाड निल्नुपर्छ भन्ने उखानलाई पनि बिर्सनु हुँदैन । हाम्रो बजार कत्रो छ ? हामी कुन स्तरको चलचित्र निर्माण गर्छौं यस विषयमा पनि ध्यान जानु जरुरी छ । अहिले बजारमा बीग बजेटका चलचित्र जुधाइँदा स्टार को ट्याग लागेका कलाकारको समेत विचल्लीको अवस्था सिर्जनमा भएको छ । धेरै टाढा जानु पर्दैन गत शुक्रबारबाट दुई वटा चलचित्र प्रदर्शनमा आए– ‘राम कहानी’ र ‘रोज’ । यी दुई चलचित्रको लगानीअनुसारको प्रतिफललाई हेर्ने हो भने यी दुबै चलचित्रले मुनाफा कमाउन अझै एक साता हाउसफूल दर्शक पाउनुपर्ने देखिन्छ । 
निर्माण पक्षले आ–आफ्नो चलचित्रले दर्शकको साथ पाएको दाबी गरे पनि वास्तविक कारोबार कसले कति ग¥यो ? सार्वजनिक भएको छैन । यी दुई चलचित्रको रोचक भिडन्त जारी छ । अरु भन्दा विशेष यी दुई चलचित्रको भिडन्तलाई दर्शक तथा चलचित्रकर्मीलाई नै अनौठो माने छन् । कारण हो–निर्माताहरुबीचको अन्तद्र्वन्द्व, कलाकारहरुबीचको प्रतिशोध । यी दुई चलचित्रको रोचक भिडन्त चलिरहेका बेला आउँदो असोज ५ गते पनि बीग बजेटका दुई चलचित्र दर्शकमाझ आउँदैछन् । आर्यन अधिकारी र पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठको अभिनय रहेको चलचित्र ‘बाँध माया’ले सँग साम्राज्ञी राज्यलक्ष्मी राणा र नव नायक आकाश श्रेष्ठको अभिनय रहेको चलचित्र ‘इन्टुमिन्टु लण्डनमा’ प्रदर्शनमा आउँदैछन् । यी दुई चलचित्रको भिडन्तले पनि कलाकारलाई घाटा हुने निश्चित छ । किनकी दुवै चलचित्रले दर्शकको साथ पाउलान् भन्ने अवस्था रहँदैन । एउटा चले अर्को पछारिने पक्का छ । यसले पनि कलाकारलाई असर नपर्ला भन्न सकिन्न । 
त्यस्तै यो वर्षको दशैमा पनि दुई ठूला ब्यानरका प्रतिक्षीत फिल्म प्रदर्शनमा आउँदैछन् । ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ युनिटले आफ्नो चलचित्र दशैँ रिलिज गर्ने तयारीमा जुटेको छन् । तर, उनीहरुले प्रदर्शन मिति भने तोकेका छैनन् । ‘छक्का पञ्जा’ का दुई सिरिज दशैँको फूलपातीमा प्रदर्शनमा आएका थिए । तेस्रो सिरिज पनि यही दिनमा आउने प्रवल सम्भावना छ । तर, निर्माण टिमले कन्फर्म भने गरेको छैन । उता विहीबार मात्रै १२ वर्षपछि निर्देशनमा कमब्याक गरेका अशोक शर्माले ‘जय भोले’ को ट्रेलर सार्वजनिक गरे तर प्रदर्शन मिति राखेनन् । ट्रेलरमा लेखिएको छ, ‘यसपालीको दशैँ ‘जय भोले’ सँगै ।’ तर, दशैँको कुन दिन ? निर्देशक शर्मा भने ‘घटस्थापनादेखि पूर्णिमासम्म घाम लाग्ने राम्रो दिन हेरेर रिलिज गर्छौँ ।’ ‘जय भोले’ले गीतसँगै ट्रेलरमा पनि प्रदर्शन मिति नराख्दा अहिले ‘छक्का पञ्जा’ टिममाथि ठूलो तनाब आइपरेको छ । सकभर दीपकराज गिरी र दीपाश्री निरौला उक्त फिल्मसँग ‘छक्का पञ्जा ३’ जुधाउने मनस्थितिमा छैनन् । तर, निर्देशक शर्मा ‘छक्का पञ्जा ३’ सँग ‘जय भोले’ जुधाउने पूर्ण तयारीमा छन् । सिनेवृतमा ‘छक्का पञ्जा ३’ लाई असर पु¥याउनकै लागि निर्देशक शर्माले ‘जय भोले’ बनाएको चर्चा पनि सुनिन्छ । यसको प्रमुख कारण गएको वर्ष शर्माको कम्पनी डिसिएनले ‘छक्का पञ्जा २’ वितरण गर्न नपाउनुलाई मानिएको छ ।  
त्यसो त अचेल नेपाली फिल्मले सोलो रिलिज पाउनु लगभग दुर्लभ भइसक्यो । अहिले हरेक हप्ता दुई वा तीन फिल्म हल छिर्ने गरेका छन् । कहिलेकाहिं ‘इगो’ भावनाले ठूला ब्यानरका मल्टिस्टारर फिल्म एकसाथ जुध्दा त्यसले सिनेवृतमा ठूलै तरंग ल्याउँछ । यसले लगानी सुरक्षित गर्ने अवस्था पनि देखिँदैन भने त्यसको मारमा कलाकार पर्ने गरेको स्पष्ट हुन्छ । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार